नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि

काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घन्टामा थप ४०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ६२ हजार २६२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ५५ हजार ८५ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

खबर सबै