

८ वर्षमा करिब ८ लाख बिरामीलाई सेवा दिएकाे दाबी : ग्राण्डी अस्पताल



काठमाडौं, पुस २०
टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ । निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न २६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा गरेको हो ।
स्थापनाकालदेखि हालसम्म ग्राण्डी अस्पतालले ३१ हजार ९०० बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालका सहनिर्देशक डा विनोद बिजुक्छेले जानकारी दिनुभयो । सो अस्पतालले कोभिड सङ्क्रमणको समयमा ६० हजार बिरामीको उपचार गरेको छ भने एक हजार १८२ बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।
अस्पतालको आठौँ वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले सबैको साथ, सहयोग र समर्थनका कारण ग्राण्डी अस्पतालले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो ।
“नाफा कमाउनभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले अस्पताल सञ्चालन गरेका हौँ, सामूहिकरूपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो”, उहाँले भन्नुभयो । मुलुकमा राम्रो स्वास्थ्य सेवा केन्द्र नभएको अवस्थामा विदेश तथा नेपालमा पढेका डाक्टरलाई यहीँ रोजगारी दिऔँ र उपचारका लागि कोही पनि नेपाली विदेशीन नपरोस् भन्ने उद्देश्यले ग्राण्डी अस्पताल स्थापना गरिएको अध्यक्ष कुँवरको भनाइ छ ।
अस्पताल सञ्चालक समितिका सदस्य वीरेन्द्रबहादुर श्रेष्ठ, विजयराज भण्डारी, अस्पतालका सल्लाहकार राजन शर्मालगायतले उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालले कन्जुस्याईं गर्न नहुनेमा जोड दिनुभयो । बिरामीको खुशी नै अस्पतालको खुशी भएकाले बिरामीलाई खुशी बनाउने गरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उहाँहरुको भनाइ थियो । अस्पतालका नर्सिङ प्रमुख एनडी महर्जनले ग्राण्डी अस्पतालले नर्सलाई विशिष्टीकृत तालीम प्रदान गरेर काममा लगाउँदै आएको उल्लेख गर्नुभयो ।
‘केयर टु क्योर’ भन्ने मूल नाराका साथ सन् २०१० जनवरी ३ मा स्थापना भएको ग्राण्डी अस्पतालले हाल एक हजार व्यक्तिलाई प्रत्क्षय तथा अप्रत्क्षयरूपमा रोजगारी प्रदान गर्दै आएको छ । उक्त अस्पतालले २०० शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ । ग्राण्डी अस्पतालले कोभिड–१९ का बिरामीको उपचारका लागि सरकारको निर्देशन पालना गर्दै १८ शय्याको सघन उपचार कक्षसहित ५४ शय्या छुट्याएर कोरोना बिरामीको उपचार गरिरहेको अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिनुभयो । अस्पतालको आठौँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया