

सकियो २०२०, सन् २०२१ प्रारम्भ


पुष १७ कपिलवस्तु ।
नयाँ अंग्रेजी पात्रो अनुसार आजदेखि सन् २०२१ प्रारम्भ भएको छ । सन् २०२० को अन्तिम दिन डिसेम्बर ३१ तारिख अर्थात् गएराति १२ बजेको समाप्तिसंगै सन् २०२० को औपचारिक विदाई भई नयाँ वर्ष २०२१ प्रारम्भ भएको छ ।
यति बेला नयाँ बर्षको खुसीयालीमा विश्वभरी विभिन्न कार्यक्रमहरु गरि मनाइदै छ । ईसापुर्व २००० बर्ष पहिले इराकको मेसोपोटा मियाबाट नयाँ बर्ष मनाउने प्रचलन शुरु भएको हो ।
रोमन भाषाको जेनस शब्दबाट नयाँ बर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ ।
सन् २०२१ को सुरुवातसंगै राजधानी लगाएत देशका विभिन्न प्रमुख शहरहरुमा कार्यक्रम गरिदैछन् । पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भएका छन् ।
यस अवसरमा शुभकामना आदानप्रदान गर्ने र पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ । महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गर्ने गरिन्छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया