

जिमेल नयाँ नियम प्रयोगकर्तालाई, दुई बर्षदेखि निस्क्रिय जिमेलका सबै कन्टेन्ट डिलिट हुने




ई–साझाकुरा, मंसिर २९
केही समय अघि गुगल फोटोजमा कडाई गरेको गुगलले जिमेलसँग सम्बन्धित नयाँ नियम सार्वजनिक गरेको छ । नयाँ नियम अनुसार यदि तपाईको जिमेल एकाउन्ट दुई बर्ष निष्क्रिय छ भने गुगलले त्यहाँ रहेका सबै सामग्री हटाइदिने भएको छ । गुगलले यो नयाँ नियम ड्राइभ र फोटोजमा समेत लागु हुने जनाएको छ ।
त्यस्तै दुई बर्षदेखि जिमेल, ड्राइभ र फोटोजको स्टोरेज सिमा पुरा भएको छ भने त्यहाँका कन्टेन्ट पनि हटाइने गुगलले स्पष्ट पारेको छ । यो नियम आगामी जुन १ देखि लागु हुने गुगलले जानकारी दिएको छ । गुगलले नेपाली समय अनुसार आईतबार राति सबै प्रयोगकर्तालाई यो सन्देश पनि छाडेको छ ।
गुगलले आफ्नो नियमका सम्बन्धमा केही विस्तार पनि गरेको छ । जस अनुसार जुन १ देखि यो लागु हुने भनिएपनि त्यसको दुई बर्षपछि अर्थात सन् २०२३ जुन १ देखिमात्र बाध्यकारी हुनेछ । जुन २१ देखि निष्क्रिय रहेका एकाउन्ट र स्टोरेज सिमा नाघेको अवस्थामा गुगलले सबैलाई इमेल पठाएर सम्झाउने जनाएको छ ।
गुगलले निष्क्रिय रहेको अथवा स्टोरेज बढी भएको अवस्थामा कन्टेन्ट डिलिट गरेमा पुनः लग इन गर्न सकिने स्पष्ट पारेको छ । गुगलले आफ्नो यो नियम गुगल सर्भिस प्रयोगकर्तालाई मात्र लागु हुने जनाएको छ । गुगल वर्कस्पेस, जी सुट फर एजुकेसन र जी सुट फर ननप्रोफिटका लागु नहुने जानकारी दिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया