

विश्वभर कोरोना : ७ करोड बढी संक्रमित, १५ लाख धेरैको मृत्यु


मंसिर २७
विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघेको छ । अहिलेसम्म ७ करोड १३ लाखभन्दा धेरैमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।
जसमध्ये ४ करोड ९५ लाख निको भएका छन् भने १५ लाख ९९ हजारको मृत्यु भएको छ । अहिले विश्वभर २ करोड २ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव ५ प्रतिशत अर्थात् १ लाख ६ हजारको अवस्था जटिल रहे पनि बाँकीको अवस्था सामान्य छ ।
सबैभन्दा धेरै अमेरिकामा १ करोड ६२ लाखमा कोरोना पुष्टि हुँदा ९४ लाख निको भएका छन् । ३ लाख २ हजारको भने मृत्यु भएको छ ।
अमेरिकामा यो खबर तयार पार्दासम्म गएको २४ घण्टामा २ लाख बढी नयाँ संक्रमित थपिँदा २५ सय भन्दा धेरैको मृत्यु भएको छ ।
यस्तै ९८ लाख २६ हजार संक्रमित रहेको भारतमा ९३ लाख २१ हजार निको भएका छन् । १ लाख ४२ हजारको भने मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा संक्रमितको संख्या ६८ लाख ३६ हजार नाघेको छ । त्यहाँ ५९ लाख ५४ हजार निको भएका छन् भने १ लाख ८० हजारको मृत्यु भएको छ ।
यस्तै रुसमा २५ लाख ९७ हजार, फ्रान्समा २३ लाख ५१ हजार, बेलायत र इटालीमा १ लाख बढी, टर्की र स्पेनमा १७ लाख बढी, अर्जेन्टिना र कोलम्बियामा १४ लाख बढी, जर्मनी र मेक्सीकोमा १२ लाख बढी, पोल्याणमा ११ लाख र इरानमा १० लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया