
लक्ष्मणघाट बोलबल धाममा १०८ शिवलिङ्ग उद्धघाटन

सागर पौडेल
मंसिर २६ कपिलवस्तु
कपिवस्तुको धार्मिक पर्यटकीय स्थलका रूपमा प्रशिद्ध लक्ष्मणघाट बोलबम धाममा निर्माण गरिएको १०८शिवलिङ्गको शुक्रबार उद्धघाटन गरिएको छ ।
उद्धघाटन कार्यक्रममा वाणगंगा नगरपालिकाका उप प्रमूख चक्रपाणी अर्यालले धामबो विकास र प्रर्वद्धनका लागि सबैको साथ अपरिहार्य रहेको बताउनुभयो । त्यसतै उहाँले काम गर्ने क्रममा आई पर्ने अफ्ठेराहरुलाई समाधान गर्दै अगाडि बढ्न सके उपलब्धि पनि हासिल हुने बताउनुभयो । त्यसतै धामको विकासका लागि नगरपालिकाले सक्दो योजना बनाउने पनि उहाँको भनाई थियो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.५का वडाध्यक्ष भिष्मराज भुसालले धार्मिक क्षेत्रलाई वडा नं.६मा मात्र कैद गर्न नहुने बताउनुभयो । त्यस्तै उहाँले लक्ष्मणघाट धार्मिक क्षेत्रको सुन्दरीकरण गर्न वडा नम्बर ५ पनि तयार रहेको बताउनुभयो । १८लाख ५० हजार लागतमा निर्माण सम्पन्न भएको १०८ शिवलिङ्ग उदघाटन गरिएको हो । ब्यस्थापन पक्षलाई अझ ध्यान दिदै अझ आन्तरिक तथा बाह्यि पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिनेमा कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए ।

समितिका अध्यक्ष रणबहादुर काउछाको अध्यक्षतामा आयोजित उद्धघाटन कार्यक्रमममा समितिका पुर्व अध्यक्ष तेजेन्द्र पाण्डे, वडाका जनपर्तिनिधिहरू लक्ष्मण सामुदायिक वनका अध्यक्ष हुमनाथ भट्टराई, राम प्रसाद न्यौपाने, लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम समितिका उपाध्यक्ष सत्यनारायण थारूको प्रकाशन एवम् स्वगत मन्त्ब्य सहित सरिता थारूको सञ्चालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया