

बुटवलमा मानव अधिकारकर्मीद्वारा प्रदर्शन


मंसिर २५, बुटवल ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा बिहीबार प्लेकार्ड सहित प्रदर्शन गरेको छ । बुटवलको पुष्पलाल पार्कमा अधिकारकर्मीहरुले ४५ मिनेटसम्म प्रदर्शन गरेका हुन् ।
आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैन भन्ने मूल नारासहित आणविक होडमा रहेका देशहरुलाई दबाब दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको अभियन्ताहरुको भनाइ छ ।
बुटवलमा भएको कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले ‘युद्ध रोकौँ, शान्ति प्रवर्द्घन गरौँ,’ ‘युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ,’ ‘युद्ध निषेध, शान्ति विशेष’, ‘आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाईदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
शान्ति समाजका रुपन्देहीका पूर्वसभापति तथा केन्द्रीय अनुशासन विभागका सदस्य लालहरी पाण्डेले शान्तिप्रेमीहरु फेरि एकजुट बन्नुपर्ने बेला आएको बताए । उनले अब युद्ध गरेर कोही पनि अघि बढ्न नसक्ने भन्दै आणविक अस्त्र त्याग्न शक्तिशाली मुलुकहरुलाई आग्रह गरे ।
सभापति डिपी खनालले नेपाल आणविक हतियार निषेध सन्धिको हस्ताक्षरकर्ता भएकाले सो सन्धिलाई शीघ्र अनुमोदन गर्नुपर्ने बताए ।
हरेक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप यो दिवस मनाइन्छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया