

हिजोको भलवाड आज आधुनिक भलवाड बनि सक्यो : सांसद पन्थी






नवराज बेल्वासे, मंसिर २४
हिजोको भलवाड आज आधुनिक भलवाड बनि सकेको कुरा लुम्बिनी प्रदेश सांसद विष्णु पंन्थीले बताउनु भएको छ । आज वाणगंगा नगरपालिका वडा नं. ९ मा रहेको कोईली स्मार्ट कृषि भवनको उद्घाटन गदैँ उहाँले यस्तो बताउनु भएको हो ।

आयोजित सार्वजनिकिरण तथा भवन उद्घाटन कार्यक्रम स्मार्टका संयोजक चुरामणि आचार्यको अध्यक्षता, लुम्बिनी प्रदेश प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथियता रहेको कार्याक्रममा कृषि ज्ञान शाखा तौलिहवाका प्रमुख भिमलाल शर्मा, वाणगंगा नगर कृषि शाखा प्रमुख लेस बहादुर के.सि, नगर कार्यपालिका सदस्य केसरा गुरुङ, वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र बेल्वासेको विशिष्ट आतिथियता रहेको कार्यक्रममा कृषि ज्ञान शाखा तौलिहवाका प्रशासकिय अधिकृत रमेश रेग्मी , साना किसान कृषि सहकारी भलवाडका अध्यक्ष कुमार मधु बेल्वासे लगायतको आतिथियता कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पंन्थीले भन्नुभयो अब किसानले किनेर होईन बेचेर आम्दानी गर्नुपर्ने बताउदै उहाँले जोडनु भयो अब भलवाड बासिको हरेक माग आफुले पुरा गर्ने र हरेक योजना सफल गराउन आफु सधै तयार रहने उहाँको भनाई थियो । यदि भलवाडका किसानले चाहेको खण्डमा आफ्नो सक्दो प्रयासबाट हरेक योजना भलवाडमै दिने र यसका लागि किसान आफैले मेहेनत गर्नु पर्ने कुरा जोड दिनुभएको थियो ।
कार्यक्रममा कृषि ज्ञान शाखाका प्रमुख भिमलाल शर्मा, नगरपालिका कृषि शाखा प्रमुख लेस बहादुर के.सी, वडाध्यक्ष धुव्र बेल्वासे, साना किसानका अध्यक्ष कुमार मधु बेल्वासे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कोइली स्मार्ट कृषि कार्यक्रम ६० विगाह क्षेत्रफलमा रहेको र यसबाट १ सय १० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । यस कार्यक्रमलाई कृषि ज्ञान केन्द्र कपिलवस्तु र बाणगंगा नगरपालिका कृृषि विकास शाखाले प्राविधिक सहयोग गरेको छ ।
कार्यक्रम जनसहभागितामा आधारित प्रदेश सरकारबाट पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ३७ लाख ५० हजार, तेस्रो वर्ष ३० लाख हुँदै क्रमश बजेट घटाउँदै जाने छ । यस्तै ५ बर्षमा उक्त कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।
कार्यक्रम स्मार्ट कृषि समुह सदस्य राधा बेल्वासेको स्वागत मन्तव्य तथा सदस्य राधा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया