सुपादेउराली नजिकै भिरवाट खसेर १ जनाको मृत्यु

अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली नजिकै भिरवाट खसेर १ जनाको मृत्यु भएको छ। अर्घाखाँचीकै पाणिनी गाउपालिका ७ का १९ बर्षिय अनिल आचार्य सुन्तला बेच्ने क्रममा भिर बाट खस्दा ज्यान गएको इ.प्र.का ठाडाका प्रहरी निरिक्षक बाबूराम बस्नेतले जानकारी दिनु भयो ।

मन्दिर नखुले पनि आन्तरिक प्रयटकहरु बढे सँगै सुपा देउरालीमा व्यापार बढ्न थाले सँगै आचार्य समेत सुन्तला बिक्री गर्न सुपा देउराली आउने गरेको स्थानियले जानकारी दिए ।

भिरबाट झन्डै ३०० मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको प्रहरिले जनाएको छ उनको शव पोस्ट्माटमको लागि सन्धिखर्क जिल्ला हस्पिटल पठाइएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

खबर सबै