

कोरोनाका कारण बन्द रहेको लुम्बिनीको मायादेवी मन्दिर खुल्यो



ई–साझाकुरा, मंसिर २२

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको पवित्र स्थल मायादेवी मन्दिर सर्वसाधारणका आज आइतबारबाट खुलेको छ ।
कोरोना महामारीका कारण चैत्र महिनादेखि बन्द रहेको मन्दिर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष योगेश भट्टराईले आइतबारदेखि खुला भएको घोषणा गरेका हुन ।
लुम्बिनी विकास कोष परिषदको निर्णयले नेपाल सरकारको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई मायादेवी मन्दिर खुला गरिएको हो ।
मन्दिर प्रवेश गर्ने सबै सर्वसाधारणहरुलाई अनिवार्य मास्क प्रयोग गर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपले अपनाउनु पर्ने, भिडभाड नगरी एक पटकमा ८–१० जना मात्र प्रवेश गर्ने व्यवस्था मिलाउन विकास कोषलाई निर्देशन दिएको मन्त्री भट्टराईले बताए ।
यस अघि सरकारले पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेपनि मायादेवी मन्दिर अन्तर्राष्ट्रिय पर्यटकीयस्थल र विश्वको ध्यान भएको केन्द्र रहेकोले खुल्न सकेको थिएन ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया