

कोरोनाको असर : कपिलवस्तुमा विद्यालय शिक्षा सिकाई केन्द्रमा सिमित



राजेन्द्र खनाल
मंसिर १९ कपिलवस्तु ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोराना भाईरसका कारण देशभरको विद्यालय शिक्षा प्रभावित भईरहेका बेला कपिलवस्तु जिल्लामा पनि त्यसको असर प्रत्यक्ष रुपमा परेको छ ।
चालु शैक्षिक सत्रका विद्यालय कक्षाहरु पछिल्लो आठ महिना सकिदा सम्म पनि पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन् । जसका कारण कपिलवस्तुका हजारौँ विद्यार्थीहरु सहज रुपमा विद्यालय पठनपाठनमा सहभागि हुनबाट बञ्चित भईरहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकामा अहिले सिकाई केन्द्रको माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार वाणगंगाका सामुदायिक र संस्थागत विद्यालयहरुले अहिले नियमित पठनपाठनको विकल्पको रुपमा आफुलाई पायक पर्ने स्थानमा सिकाई केन्द्र खोली पठानपाठनको काम गरिरहेका छन् । सामान्य समयमा जस्तो बिहान १० बजे देखि दिउसो ४ बजे सम्म विद्यालय संचालन गर्ने वातावरण अझै बन्न नसकेका कारण विद्यालय पठनपाठनलाई सिकाई केन्द्रको माध्यमबाट संचालन गरिएको उहाँले बताउनुभयो ।
यस्तै सिकाई केन्द्र बाहेक कतिपय विद्यालयहरुले विद्यार्थीहरुको जोर बिजोर प्रणाली अपनाएका छन भने कतिपयले तहगत कक्षा फरक फरक समयमा संचालन गरिरहेका छन् । कोरोनाको जोखिम अझै उच्च रहेका कारण पूर्ण रुपमा कक्षा संचालन गर्न नसकिएको सम्बन्धित स्थानिय तहका शिक्षा शाखाहरुले जानाएका छन् । अहिले कपिलवस्तुको वाणगंगा नगरपालिका सँगै अन्य स्थानिय तहहरुमा पनि पूर्ण रुपमा कक्षा संचालनमा आउन सकेका छैनन् । जसका कारण यस वर्षको शैक्षिक सत्र यत्तिकैमा सकिने देखिएको छ ।

उता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय संचालन सम्बन्धि कार्यढाँचा २०७७ जारी गरि सम्बन्धित पालिकामा कोरोनाको अवस्था हेरी विद्यालय संचालन गर्न सक्ने गरी निर्देशन गरेको छ । सो अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहबाट जारी गरिएको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड तथा निर्देशनको पालना गरि विद्यालय बन्द वा पुनः सञ्चालन गर्न स्थानिय तहले उपलब्ध भए सम्म जनप्रतिनिधि, शिक्षाविद, शिक्षक महासंघ, र विद्यालय संचालकहरुको छाता संगठनका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक लगाएतका बिचमा परामर्श गरी विद्यालय खोल्ने आधारको खोजि गर्न भनिएको छ । त्यस्तै विद्यालय संचालन वा पुनः संचालन गर्दा स्थानिय तहभित्र संक्रमणको जोखिम नभएको वा सबैभन्दा कम जोखिम रहेको क्षेत्रमा अवस्थित विद्यालयबाट पठनपाठन शुरु गर्न सकिने व्यवस्था सो कार्यढाँचाले गरेको छ ।
त्यस्तै सो कार्यढाँचा अनुसार स्थानिय तहले आफ्नो क्षेत्रको परिस्थिति विश्लेषण गरी आवस्यक निर्णय गर्ने र सो वमोजिम विद्यालयहरुलाई निर्देशन दिन भनिएको छ । तर कपिलवस्तुमा अझै कार्यढाँचाले भने जसरी विद्यालयहरु संचालनमा आउन सकेका छैनन् ।
चालु वर्षको सुरुको समयमा जस्तो कपिलवस्तुमा अहिले कोरोनाको जोखिम नदेखिएता पनि विद्यालय भने संचालनमा आउन नसकेका हुन । हाल कपिलवस्तुमा कोरोना संक्रमणको दैनिक दरमा कमी आएको छ । संक्रमणमा कमी आए पनि पूर्णरुपमा विद्यालय पठानपाठन सुरु हुन नसक्दा भने यस वर्षको पठनपाठन सिकाई केन्द्रमै सिमित बन्ने देखिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया