

उदयपुरमा सौर्य सिमेन्ट खानीमा शक्तिशाली ४ बम विस्फोट, ५ जना घाइते, मोटर साइकल र स्काभेटरमा क्षति



मंसिर १९, ई–साझाकुरा
उदयपुरको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जानकारी दिएको छ ।
बम विस्फोटले उछिटिएको ढुंगा लागेर दुर्गा बहादुर तामांग,बिष्णु बहादुर मगर,शिब शंकर मोक्तांन,सागर मोक्तांन र नबीन मगर सहित ५ जना खानीमा काम गर्ने कामदार सामान्य घाइते भएको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।
घाइतेको कटारी अस्पतालमा उपचार भैरहेको डिएसपी भण्डारीले जानकारी दिए। यस्तै बम विस्फोटले एउटा स्काईभेटर क्षति पुगेको छ भने मोटर सौर्य सीमेंटको कर्मचारीको एउटा साइकल समेत जलाएको प्रहरी स्रोतले जानकारी दिएको छ। । स्थानीयलाई उध्रित गर्दै ४ वटा बम विस्फोटको आवाज आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अुनुसार ४ वटा बम विस्फोट भएको सूचना प्राप्त भएको जनाएको छ । इलाका प्रहरी कार्यालय कटारीका टोली घटनास्थल तर्फ गएको एसपी दाहालले बताए । बम विस्फोट कस्ले गराएको भन्ने अहिले कसैले जिम्मा लिएको छैन् । यस अघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो ।
बम विस्फोटको घटना बारे थप विवरण आउन बाँकी रहेको छ । यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो भने एउटा बम नेपाली सेनाको टोलीले १८ घण्टा पछि डिस्पोज गरेको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया