

यो ‘गुलावी हिरा’को मूल्य सुन्दा अचम्ममा पर्नुहुन्छ !



काठमाडौं । कुनै हिराको मूल्य कति हुन सक्छ ? एक दुर्लभ गुलाबी हिरालाई ५० मिलियन डलर अर्थात् (नेपाली ५ अर्ब ७६ करोड रुपैयाँ) मा खरिद गरिएको छ । प्रतिक्यारेट मूल्यको हिसाबले यो एउटा विश्वरेकर्ड नै हो ।
‘पिंक लेगेसी’ नामको यो हिराको तौल १९ क्यारेट छ । यसलाई अमेरिकी ब्रान्ड ह्यारी विन्स्टनले जेनेभामा भएको एक लिलामीमा खरिद गरेका हुन् ।
क्रिस्टिज अक्सन हाउसको युरोपका प्रमुखले भनेका छन्, ‘हिराको प्रतिक्यारेट मूल्यको हिसाबले यसले विश्वरेकर्ड स्थापित गरेको छ ।’
हिराको लिलामी सुरु भएको ५ मिनेटभित्र नै यसलाई खरिद गरिएको थियो । नयाँ मालिकले यसलाई ‘विन्स्टन पिंक लेगेसी’ नाम दिएका छन् ।
सबैभन्दा शानदार हिरामध्येको एक !
यो हिरा डि बियर्स उत्खनन कम्पनी चलाउने ओपेहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टिज अक्सन हाउसका इन्टरनेसनल हेड अफ जुलरी राहुल कडाकिया भन्छन्, ‘यसलाई संसारको सबैभन्दा शानदार हिरा गनिन्छ ।’
उनले भनेका छन्, ‘यसको गुलाबी रङ एक क्यारेट हिरामा पनि निकै सजिलै देख्न सकिन्छ । तर, यो हिरा लगभग १९ क्यारेटको छ । र, पूर्ण रूपमा गुलाबी छ । यो अविश्वनीय छ ।’
यसलाई रंगको गाढापनको सबैभन्दा उच्च श्रेणी ‘फेन्सी विविड’ मा राखिएको छ । यो हिरा दक्षिण अफ्रिकामा १०० वर्षअघि भेटिएको थियो । क्रिस्टि अक्सन हाउसका अनुसार सन् १९२० पछि सम्भवतः यसलाई दोस्रोपटक काटिएको छैन ।
एजेन्सीको सहयोगमा


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया