

देशभरका ३९६ स्थानीय मध्ये कपिलबस्तुको ३ पालिकामा पनि अस्पताल शिलान्यास




सुरेश कुमार पांण्डेय ,कपिलबस्तु मंसीर १६
देशभरका ३९६ स्थानीय तहहरुमा सरकारले एकसाथ अस्पताल शिलान्यास गरेको छ ।
आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि ती स्थानीय तहमा १५ शैया सम्मका अस्पताल शिलान्यास हुने क्रममा कपिलबस्तुको ३ स्थानीय तहमा पनि अस्पतालको शिलान्यास गरिएको हो । ४४ हजार जनसंख्या रहेको कपिलबस्तुको यशोद्धरा गाउपालिकामा ५ शैया अस्पताल, ५८ हजार जनसंख्या रहेको शुद्धोधन गाउपालिकामा १० शैया र ४८ हजार जनसंख्या रहेको मायादेवी गाउपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।
शिलान्यास भएका ती अस्पताल दुई वर्ष भित्रै सञ्चालनमा ल्याइने सरकारको तयारी छ । ती अस्पताल बनाउन र उपकरण जोड्न रु.५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ खर्च हुनेछ । पाँच शैय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी हुनेछन् । त्यस्तै १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी हुनेछन् । १५ शैयाको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया