

मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही संयोजक काफ्लेलाई कपिलवस्तुमा स्वागत




भगवती न्यौपाने कपिलवस्तु, पुस १३
महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान नारा बोकेर हिडेको मेचीमहाकाली बुहारी संयुक्त आवाजले सर्लाही संयोजक रमा काफ्लेलाई कपिलवस्तुमा एक कार्यक्रमका विच स्वागत गरेको छ । प्रमुख अतिथि सर्लाही संयोजक रमा काफ्लेले समाजमा परेका समस्या महिला तथा बालबालिकाको अधिकारको निम्ति आफुले सहयोग गर्ने बताउनु भएको छ । स्थानीय निकायले यस संस्थालाई अगाडि बढाउन उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्य तथा संयुक्त आवाजकी विशेष सल्लाहकार गिता भुषालले महिलाले गर्न चाहने हो भने जस्तो सुकै परिस्थितिको सामना गर्न सक्ने बताउनु भयो । समाजमा हुने हरेक समस्या सँग जुध्दै आवाजले आवाजको काम गर्ने सक्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा लुम्बिनी अञ्चल विशेष सल्लाहकार गंगा केसि, सल्लाकार मनु पौडेल लगायत कपिलवस्तुका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कपिलवस्तु संयोजक चन्द्रा अर्यालको अध्यक्षता, उपाध्यक्ष सुम्मा खाँणको स्वागत मन्तव्यमा सुरुभएको कार्यक्रमको सञ्चालन अन्जु बन्जाडेले गर्नुभएको थियो ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया