

२–२ गोलको बराबरीमा युनाइटेड र लेस्टर


काठमाडौं, पुस १२
इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले अंक बाँडेका छन् । अवे मैदानमा युनाइटेडले दुई पटक अग्रता जोगउन नसक्दा २-२ को बराबरी खेल्दै अंक बाँडेको हो ।
खेल सकिन ५ मिनेट बाँकी छँदा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए ।
लेस्टरको मैदानमा भएको खेलको २३औं मिनेटमा मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाए । ३१औं मिनेटमा हार्भे बार्नसले जेम्स म्याडिसनको पासमा लेस्टरका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा पनि युनाइटेडले पहिले अग्रता लिए । ७९औं मिनेटमा ब्रुनो फर्नान्डेजले एडिसन कभानीको पासमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । त्यो अग्रता पनि लामोसमय टिकेन र ८५औं मिनेटमा भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काए । त्यसपछि खलेमा थप गोल नहुँदा दुवै टिमले अंक बाँडेका हुन् ।
बराबरीपछि युनाइटेडले दोस्रो स्थानमा पुग्दै लिभरपुलसँग अंकदूरी २ मा झार्ने अवसर गुमायो ।
युनाइटेडसँग अंक खोस्दै १५ खेलबाट २८ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमै यथावत छ । १४ खेल कम खेलेको लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा छ ।
१४ खेलबाट २७ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया