

उखु किसानले थालेको आन्दोलनको आज दुई हप्ता : भुक्तानी ग्यारेन्टी नभएसम्म आन्दोलन नरोक्ने



काठमाडौं ,पुस ११
उखु किसानले काठमाण्डौको माइतीघर मण्डलामा थालेको आन्दोलनको आज दुई हप्ता पुगेको छ ।
सरकारले एक हप्ताको समय दिए पनि भुक्तानीको ग्यारेन्टी नभएकाले आन्दोलनलाई निरन्तरता दिनु परेको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो । सरकारले पटक–पटक सम्झौता गरेर किसानलाई झुक्याइएकाले पूरै भुक्तानी नपाउँदासम्म यो आन्दोलन नरोकिने उनीहरुको अडान छ ।
उद्योगीहरुले किसानको बक्यौता भुक्तानी कति गरेको हो भन्ने अहिलेसम्म स्पष्ट नभएको भन्दै मिश्रले उद्योगीहरुले दिएको भुक्तानीको विवरण सार्वजनिक गर्नुपर्ने पनि माग गर्नुभयो । सरकारले आफूहरुलाई दिएको समयसम्म पर्खने तर, त्यो समयसम्म भुक्तानी अनिवार्य दिनुपर्ने उखु किसानको अडान छ ।
यसअघि पोहोर पुस १८ गते मन्त्रालयले माघको ७ गतेभित्र उखु किसानले पैसा पाउनेगरी उद्योगीसँग सम्झौता गरेको थियो । तर किसानले अहिलेसम्म पैसा पाएका छैनन् । उखु बापतको झण्डै ९० करोड रुपैयाँ बक्यौता पाउन बाँकी रहेको किसानले बताउँदै आएका छन् ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया