
प्रचण्ड – नेपाल पक्षमा प्रेस संंगठन कपिलवस्तु

कपिलवस्तु, पुस ९
प्रेस संगठन नेपाल कपिलवस्तु प्रचण्ड–नेपाल पक्षको बिचारमा दरो गरी उभिने लगभग पक्का भएको छ । बुधबार साँझ नेकपा नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी, नेकपा जिल्ला कमिटी सचिव रामचन्द्र शाह, नेकपा जिल्ला सचिवालय सदस्य विष्णु बेल्वासे बीच भएको पछिल्लो राजनीतिक घटनाक्रमको चर्चामा उपस्थित पत्रकारको संख्याले उक्त कुरा देखाएको हो ।
संगठनका केन्द्रिय सदस्य मनिष कार्नी, जिल्ला संयोजक डिलाराम भुसाल, सह–संयोजक हरि अधिकारी लगायत बहुमत जिल्ला कमिटी प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् ।
प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर संसद विघटन गरेको प्रति जिल्लास्थित संगठनका नेताले आपत्ती जनाएका छन् । जनताको बीचमा अस्थिरता अन्त्य गर्दै देशलाई समृद्धीको दिशमा लैजाने बाचा गरेर चुनावमा गएको नेकपालाई ओलीले बदनाम गराएको भन्दै पत्रकारहरुले उक्त कुरालाई प्रतिकार गर्ने भएका छन् ।
नेकपाका जनबर्गीय र पेशागत संगठन जिल्लाभित्र कता कता लाग्छन् भन्ने कौतुहलताका बीच सिंगो प्रेस संगठन प्रचण्ड–नेपाल समूहमा उभिएका हुन् ।
जिल्लामा प्रचण्ड–नेपाल पक्षको बिचार बोक्ने ९५ प्रतिशत सञ्चारकर्मी आफुहरु तिर रहेको सह–संयोजक हरि अधिकारीले बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया