कपिलवस्तुका राजमार्ग छेवैँमा मनपरी सवारी पार्किङ, दुर्घटनाको उच्च जोखिम

राजेन्द्र खनाल
पुष ७ कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका जिल्लाको सबैभन्दा सुगम नगरपालिका भनिए पनि अहिले सम्म एउटा पनि व्यवस्थित पार्किङ् स्थल छैन । जसका कराण दैनिक सयौँ सार्वजनिक सवारी साधन मुख्य राजमार्ग नै अवरुद्ध हुने गरी एका बिहानै देखि सडकमा लाम लाग्छन् । सोही कारण अहिले नगरका मुख्य बजार क्षेत्रमा सवारी दुर्घटनाका घटना भईरहेका छन् भने अझ ठूला दुर्घटनाको जोखिम पनि बढेको छ ।

वाणगंगा नगरपालिका स्थित मुख्य केन्द्र रहेको चार नम्बर जितपुर बजार अहिले अव्यवस्थित बजारको रुपमा देखा परेको छ । त्यस्तै वडा नम्बर ७ घेरवा बनगाई बजार पनि त्यस्तै अव्यवस्थित बन्न पुगेको छ । सडकमा बढ्दो सवारी चाप अनुसार राजमार्ग किनारमा लामबद्ध हुने सार्वजनिक सवारीका साधनले पैदल यात्रु सहित दुईपाङ्ग्रे सवारी साधन संचालनमा असर गरिरहेको छ ।

तस्बिर : घेरवा बनगाई कपिलवस्तुमा मुख्य राजमार्ग छेवैँमा लामबद्ध विईङ्र ।

हिउँदको समयमा लाग्ने बाक्लो हुस्सु सँगै एका बिहानै राजमार्ग किनारमा पार्किङ् हुने विईङ्गर र अटो रिक्साका कारण दुर्घटनाको जोखिम पनि बढेको छ भने बजार क्षेत्र पनि अव्यवस्थित बन्न पुगेको छ । नगरपालिकाको यो अवस्था प्रति भने नगरकर्यापालिका मौन बसकोे छ । बिहानै देखि यात्र खोज्दै राजमार्ग किनारमा आफ्नो गडीको नम्बर पालो लगाउन उभिने विईङ्गरका कारण सडक जाम हुने गरेको छ भने अटो रिक्साका कारण पनि उत्तिकै समस्या नागरिकहरुले पाईरहेका छन् ।

यस्तो भन्छन् नगर उप प्रमूख 

नगर उप प्रमूख चक्रपाणी अर्यालका अनुसार वाणगंंगा नगरपालिका भित्र व्यवस्थित पार्किङ स्थल बनाउने विषयमा जग्गाको मुख्य समस्या रहेको छ । पार्किङ्को काम गर्नुपर्ने आवस्यकता रहेको बताएका अर्यालले तत्काल पार्किङ् स्थल बनाउन भने समस्या भईरहेको बताए । उनका अनुसार पार्किङ् स्थल निर्माणका लागि नगरपालिकाले जग्गाको प्रबन्ध मिलाउने तयारी गरिरहेको छ । नगरपालिकाले बसपार्क निर्माण र सवारी पार्किङ्लाई व्यवस्थित बनाउने तयारी गरिरहेको नगर प्रवक्ता समेत रहेका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले पनि दावी गरेका छन् ।

नगरपालिकाको चालु आर्थिक वर्षको योजना अन्र्तगत नगर स्तिरिय योजनामा ४१ वटा विभिन्न भौतिक संरचना निर्माण र विस्तारका लागि बजेट छुट्टाइएको छ तर सो योजनामा पार्किङ् व्यवस्थित बनाउने शिर्षक राखिएको छैन । जसका कारण अहिले नगरपालिका भित्र सार्वजनिक सवारी साधन र अटो रिक्साहरु मनपरि पार्किङ् भईरहेका हुन्छन भने यात्रु सँग चर्काे भाडा पनि असुलिरहेका छन् ।

बसपार्क बनाउन बजेट छ, जमिन छैन

वाणगंगा नगरपालिकाले नगरपालिका भित्र एउटा सुविधायुक्त बसपार्क निर्मांण गर्न चालु आर्थिक वर्ष २०७७÷०७८ मा बजेट छुट्टाएको छ । नगरपालिकाले बसपार्क निर्माणका लागि बजेट विनियोजन गरेको भए पनि उपयुक्त जमिन नहुँदा बजेट छुट्टाउनुको कुनै अर्थ देखिएको छैन ।

नगर उप प्रमूख अर्यालका अनुसार बसपार्क निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ । बजेट विनियोजन गरिएको भए पनि सो का लागि आवस्यक जग्गा प्रबन्ध गर्न नसक्दा यस वर्ष बसपार्क निर्माण नहुने देखिएको छ ।

पार्किङ स्थल नहुँदा दुर्घटना जोखिम कति ?

अहिले कपिलवस्तुको वाणगंगा नगरपालिका सँगै जिल्लाभरको ट्राफिक व्यवस्थापनका क्षेत्रमा काम गरीरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले मुख्य बजार क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि पहल गरीरहेको जनाएको छ । कलिवस्तुका ट्राफिक प्रहरी प्रमूख दिलिप क्षेत्रीका अनुसार सवारी पार्किङका कारण दुर्घटना जोखिम बढिरहेको छ । सम्बन्धित स्थानिय तहहरुसँग आवस्यक समन्वय गरी अहिले दुर्घटना न्युनिकरणको कम भईरहेको क्षेत्रीले बताए । सडक किनारका ठेला व्यापार हटाउँने काम भईरहेको उनले बताए । त्यस्तै सवारी पार्किङका लागि पनि न्युनतम मापदण्ड बनाईएको उनको भनाई छ । क्षेत्रीका अनुसार मुख्य राजमार्ग क्षेत्रमा सडक देखि कम्तिमा १० देखि २० फुट स्थान छोडेर सवारी पार्किङ् गर्न पाउने गरी व्यवस्था मिलाइएको छ । तर अहिले मुख्य राजमार्गका मुख्य बजार क्षेत्रमा ट्राफिक प्रहरीको मापदण्ड विपरित सवारी पार्किङ भईरहेका हुन्छन् । जसका कारण दुर्घटना जोखिम झनै बढेको छ ।

तस्बिर : चार नम्बर जितपुर स्थित राजमार्ग किनारमा यात्रु चढाउँदै विईङ्गर ।

ट्राफिक प्रहरी प्रमूख क्षेत्रीका अनुसार मोटरसाईलक र दुईपाङ्ग्रे अन्य सवारीका साधनको चाप सडकमा बढेका कारण दुर्घटना अझै बढेको छ । त्यसको न्यनिकरणका लागि अनिवार्य व्यवस्थित पार्किङ स्थल बनउनपर्ने उनको भनाई छ ।

त्यस्तै यता ट्राफिक प्रहरी कार्यालय अन्र्तगत पिपरा शाखाका असई रनबहादुर बि.सीका अनुसार चारनम्बर जितपुरमा मनपरी ढङ्गले पार्किङ गर्ने सावरी साधनहरु कार्वाहीमा पर्ने गरेका छन् । शुक्रबार मात्रै पनि दश वटा त्यस्ता सवारी चालकलाई कार्वाही गरिएको उनले बताए । उनीहरुलाई कार्वाही मात्रै गर्नुको साटो स्थानिय तहसँग समन्वय गरी आवस्यक स्थान बनाउनुपर्ने बिसीको भनाई छ । आफुले त्यसका लागि नगरपालिकासँग पटकपटक आग्रह गरेको पनि उनले बताएका छन् । अहिले राजमार्ग छुनेगरी पार्किङ् हुने सवारी साधनका कारण दुर्घटना जोखिम भएको हुँदा व्यवस्थित किसिमले पार्किङ गर्न पनि उनले सवारीचालकहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

खबर सबै