

ताजा जनादेशमा जानु अहिलेको सबैभन्दा उत्तम विकल्प : कमल थापा


काठमाडौं, पुस ७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु अहिलेको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले अहिलेको भ्रष्ट नेतृत्व, कुशासनबाट देशलाई मुक्त गर्न ताजा जनादेशमा जानुपर्नेमा जोड दिएका हुन्। ‘संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण व्याख्या सर्वोच्च अदालतले गर्नेनै छ,’ थापाले मंगलबार बिहान ट्विटरमा लेखेका छन्, ‘तर ‘घोडा व्यापार’ र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट कुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प अवसर हो।’ यस अघि उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गरेका थिए। त्यसको दुई दिनपछि थापाले ताजा जनादेशमा जानु नै अहिलेको उत्तम विकल्प भएको बताएका हुन्।
संसद विघटनको वैधानिकताको परिक्षण/निरुपण/व्याख्या सर्वोच्च अदालतले गर्नेनै छ
तर
'घोडा व्यापार' र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट/कुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प/अवसर हो— Kamal Thapa (@KTnepal) December 22, 2020


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया