

क्रिसमसमा एनसेलको ‘दामी क्यासब्याक’, रिचार्जमा दोब्बर ब्यालेन्स !



काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा ‘दामी क्यासब्याक’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रिपेड ग्राहकलाई लक्षित गर्दै रिचार्जमा दोब्बर ब्यालेन्स पाउनसक्ने अफर ल्याएको हो ।
यो योजनामा ग्राहकले ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा यस अघिको भन्दा बढी मेन ब्यालेन्स पाउनेछन् । यो योजना अन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाइने ४९.०२ रुपैयाँ भन्दा बढी अर्थात ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्नेछन् ।
त्यसैगरी १०० रुपैयाँको रिचार्जमा अब कम्तिमा विद्यमान ९८.०४ रुपैयाँ भन्दा बढी अर्थात १०२ रुपैयाँ मेन ब्यालेन्स पाउनेछन् । आइतबार (पुष ५) बाट लागु भएको यो योजना १५ दिनसम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।
योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमिक रुपमा प्रत्येक रिचार्जमा नियमित भन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने छ । ५० रुपैयाँको रिचार्जमा ग्राहकले यो योजनामा अधिकतम १०० रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।
यसको अर्थ कम्पनीले सरप्राइज रुपमा यो क्यासब्याक उपलब्ध गराउनेछ । योजना अवधिमा रिचार्ज गर्नेहरुले ‘स्योर सट’ (निश्चित रुपमा) न्युनतम क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी अन्य भाग्यशाली ग्राहकले त्यसभन्दा माथि अधिकतम क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कसले कति क्यासब्याक पाउने भन्ने कुरा चाहिँ सिस्टमले स्वचालित रुपमा निर्धारण गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी १०० रुपैयाँ रिचार्ज गर्नेले २०० रुपैयाँसम्म मेन ब्यालेन्स पाउनेछन् । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीईएफटी) तथा अनलाइन मध्ये कुनैपनि माध्यमबाट गरिएको ५० र १०० को प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया