

राष्टिय युवा संघ कपिलवस्तुद्धारा संसद विघटन प्रति विरोध प्रर्दशन



पुष ५ कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा पनि संसद विघटनको विषयलाई लिएर सत्तारुढ दल निकट भातृ संगठनहरु बिरोधमा उत्रिएका छन् । नेकपा निकट राष्टिय युवा संघ कपिलवस्तुले आज जिल्लाका मुख्य मुख्य बजारक्षेत्रमा बिरोध जनाएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित बोडगाउँ, शिवराज नगरपालिकाको चन्द्रौटा, विजयनगर गाउँपालिकाको हल्लानगर, कृष्णनगर नगरपालिका स्थित कृष्णनगर र कपिलवस्तु नगरपालिकाको तौलिहवामा राष्टिय युवा संघका कार्यक्रताहरुले प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमको विरोध जनाएका हुन ।

लोकतन्त्र र गणतन्त्र माथि नै प्रहार हुने गरी नेपालको संविधानको मुल मर्म विपरित संसद विघठन गर्नु गलत भएको राष्टिय युवा संघका जिल्ला अध्यक्ष विजय कुँवरले बताउनुभयो । उहाँले आफ्नै पार्टीको सरकार भए पनि गलत कदम प्रति विरोध गर्न बाध्य भएको बताउनुभएको छ । युवा संघका कार्यक्रताहरुले अहिले साँझ पनि विभिन्न स्थानमा सरकारको पछिल्लो कदमको बिरोध जनाइरहेका छन् ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया