शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

पुस ५, बुटवल ।
बुटवलमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले पनि संसद विघटनको विरोधमा प्रर्दशन गरेको छ । उक्त कार्यक्रमलाई सम्वोन्धन गर्दे वरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले ओलीले लोकतन्त्र पुनः धरासायी बनाउने काम गरेको आरोप लगाए ।

सरकारले आफूले गरेका भ्रष्टाचार र असफलतालाई लुकाउन नसक्दा लोकतन्त्रलाई नै धरापमा पारेको उनको आरोप छ । उनले ५ वर्षका लागि पाएको जनमतकाविरुद्ध काम गरेको बताए ।

लोकतन्त्रलाई बचाउन शान्तिवादी तथा लोकतन्त्रवादीहरु फेरि सडकमा आउनुपरेको उनले बताए । नेपाल प्रध्यापक संघका केन्द्रीय अध्यक्ष बुद्ध थापाले प्रतिनिधिसभा विघटनको घोर भत्र्सना गर्ने बताउँदै आफ्नो पार्टीभित्र समीकरण मिलाउन नसकेर लोकतन्त्रलाई धरापमा पारिएको आरोप लगाए ।

विघटित संसदलाई पुनःगठनका लागि विरोधका कार्यक्रम जारी राखिने उनले बताए । समाजका सभापति डिपी खनालले संसद विघठन गरेर लोकतन्त्रलाई थप कमजोर बनाएको बताए । उनले यस्तो कदमलाई कदापी स्वीकार गर्न नसकिने बताए ।

प्रतिक्रिया

खबर सबै