

संसद विघटनको प्रतिवाद गरौँ : भट्टराई



पुस ५, काठमाडौं
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् । साथै उनले यसको सबैले प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । यसको चौतर्फी आलोचना भइरहेको छ ।
जसपा नेता भठ्टराईले पनि यसले लोकतन्त्रिक मूल्य मान्यता र संविधान विपरीत भएको बताए । ‘देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिससभाको कार्यकाल ५ वर्ष किटन नगरिएको छ । विगतको अपस्थरतालाई ध्यान दिँदै संसद विघटन गरेर अस्थिरता निम्त्याउने नदिन प्रावधान राखेका थियौं’ उनले भनेका छन्, त्यस विपरित प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको खबर प्राप्त भएको छ, यो अत्यन्त दुःखद छ ।’
यसले संविधानसभाबाट ल्याएको सुधारिएको प्रणालीको पनि धज्जी उडाएको भट्टराईले बताए । उनले अघि भने, यो लोकतन्त्रको मर्म विपरीत छ, संविधानको प्रावधान विपरित छ ।’
दुई तिहाई नजिक बहुमत पाएको नेकपाका प्रधानमन्त्रीबाट गैर जिम्मेवारपूर्ण हर्कत भएको भन्दै उनले भने, ‘यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिवाद गरिनुपर्छ ।’


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया