

जनकपुर जान विमान चढेका यात्रु पुगे पोखरा



काठमाडौं, पुस ४
शुक्रबार अपरान्ह करिब ४ बजे पोखरा विमानस्थलमा बुद्ध एयरको एटीआर ७२ जहाज अवतरण गर्यो । त्यसपछि विमानमा सवार यात्रु तीन छक परे, उनीहरू काठमाडौंबाट जनकपुर जान भनेर विमान चढेका थिए । आफू चढेको जहाज पोखरा अवतरण भएको थाहा पाएपछि उनीहरू अलमलमा परे । आखिर के भयो ? किन भयो ?
पोखरा विमानस्थलका प्रमुख भोला गुरागाइँका अनुसार जहाज पोखरा विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र यात्रुले आफूहरु जनकपुर नभइ पोखरा आएको पत्तो पाएका थिए ।
सामान्यतयाः आकासमा कुनै प्राविधिक गडबडी भएमा, जनकपुरको मौसम सफा नभएमा अवतरण हुन नसकी विकल्प खोज्नु सामान्य हो । तर, शुक्रबार त्यस्तो कुनै अवस्था थिएन । गुरागाइँ भन्छन्, सेफ्टिका कारण जहाज पोखरा आएकै होइन।
भएको चाँहि के हो त ?
विमानस्थलस्रोतका अनुसार त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङमा कम्पनीबाटै खटिएका कर्मचारीको कमजोरीले यस्तो हुन पुग्यो । बुद्ध एयरको उडान नम्बर ६०७ जहाज पोखराका लागि पुर्वनिर्धारित उडान थियो । सोहीकारण दुबै विमानस्थलका कन्ट्रोल टावरले यो जहाजलाइ पोखरा उडानको अनुमति दिए । तर, जहाजमा पोखरा जाने यात्रु बोर्ड गर्नुपर्ने (चढाउनुपर्ने) मा असावधानीबस जनकपुर जाने यात्रु चढाइयो । फलस्वरूपः पोखरा जाने जहाजमा जनकपुरका यात्रु भरेर उडाइयो । यसको सुइँको चालक दलले पनि पाएन ।
हरेक उडानको शुरु र अन्तिममा पाइलट र एयर होस्टेसले गन्तब्यबारे जानकारी दिन्छन् । यो उडानका दौरान पक्कै पनि उनीहरुले त्यो जानकारी दिएका हुनसक्छन्। विमान पोखरा पुग्दासम्म पाइलट र एयरहोस्टेसको ‘एनाउन्समेन्ट’मा यात्रुले किन प्रतिक्रिया दिएननन् त ? यो विषय भने अचम्म लाग्दो भएको विमानस्थलका प्रमुख गुरागाइँ पनि बताउँछन्।
काठमाडौं विमानस्थलबाट पोखराकै लागि निर्धारित उडान भएका कारण पाइलटको समेत यो उडानमा गल्ति नदेखिएको विमानस्थल स्रोतको भनाइ छ । यद्यपि यस विषयमा छानबिन हुने काठमाडौं विमानस्थलका एक अधिकारीले जानकारी दिए ।
पोखरा विमानस्थलका प्रमुख गुरागाइँका अनुसार जनकपुरका यात्रु बोकेर पोखरा पुगेको जहाजलाइ इन्धन भराएर पुनः काठमाडौंको आकाश हुँदै जनकपुर पठाइएको छ । जहाजले जनकपुरमा सफल अवतरण गरेको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया