

उखु किसान सँग दुई मन्त्रीसहित कांग्रेस नेता पौडेलको ऐक्यबद्धता


पुष ३ काठमाडौं ।
उखु किसानको आन्दोलनलाई दुई वहालवाला मन्त्रीसहित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ऐक्यबद्धता जनाएका छन् ।
आज दिउँसो माइतीघर मण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र कांग्रेस नेता पौडेल सहभागी भएका हुन् । केही समय धर्नामा समेत बसेका उद्योगमन्त्री भट्टले उखु किसानले पाउनुपर्ने रकम कुनै पनि हालत उपलब्ध गराउने आश्वासन दिए । उनले किसानको आन्दोलनको समर्थन जनाउँदै १५ दिनभित्र किसानले पाउनुपर्ने सबै रकम उपलब्ध गराइछाड्ने बताए । यस्तै नेता पौडेलले किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताए । समाजवादउन्मुख राज्यमा किसानको अवस्था यही हो ? भन्दै उनले प्रश्न गरेका थिए । नेपाली कांग्रेस पनि किसानको आन्दोलनमा सँगै रहेको भन्दै नेता पौडेलले राज्य संयन्त्र हुँदाहुँदै कसरी उम्कन्छन् भन्दै दुई मन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए ।
उनले किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गर्न पुर्जी जारी गर्ने तर नपक्रने काम सही नभएको बताए ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया