
बन्जाडेले मनाए बाल गृहमा आफ्नो जन्मदिन

नवराज बेल्वासे, मंसिर १४
बि.स २०५५ मंसिर १४ गते आमा धनकला बन्जाडे तथा बाबु कोपिल बन्जाडेको कोखबाट जन्म लिएका सागर बन्जाडेले आफ्नो जन्मदिन कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको बाल गृहमा आफ्नो जन्मदिन मनाएका छन।
उनले बाल गृहमा रहेका २९ जना बालबालिकालाई किचन सुज बिहानको खाना र शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाएका हुन् । गृहमा रहेका बालबालिकालाई मिउजिकल चिअर,स्पेलिङ्ग, हट पोटेटो लगाएतका खेल खेलाएर मनोरञ्जन संगै पुरस्कार वितरण गरेका थिए।
नेपाल बाल संगठन जिल्ला कार्य समिती कपिलवस्तुका अध्यक्ष गोपाल मणि ज्ञवालीले सबै युवाहरुले यसै गरि बिना अर्थ खर्च गर्नु भन्दा सामाजिक काममा लगाए जन्मदिन मनाउदा त्यसले समाजमा सकारात्मक प्रभाव पर्ने कुरा बताएका थियो ।
गृह सबैको साझा रहेको तथा सबैको सहयोग भएमा बाल गृह चलाउन सहज हुनेसंगै युवाहरुले मोजमस्ती मा पैसा उडाउनु भन्दा यस्तै सहयोग गर्नुपर्ने कार्यक्रममा बोल्दै बन्जाडेले यस्तो बताएका हुन् ।

उनले यी बालबालिकालाई साहरा दिएको बाल गृहलाई सबै युवाले साथ दिनुपर्ने त्यसैगरी बालबालिकाको उज्जवल भविष्य निर्माण गर्नुमा सहयोग पुराउनु पर्ने कुरा बताएका छन् ।
बाल गृह कपिलवस्तु कार्य समिती सदस्य श्याम प्रसाद सुवेदी,बाल गृह जिल्ला कार्य समिती सदस्य सन्तोष कुमार श्रीवास्तव, बाल गृह प्रमुख राम प्रसाद अर्याल,श्रीङ्गिघाट वन अध्यक्ष रेनु सेन,स्वतन्त्र विद्यार्थी युनियन सिद्वार्थ क्याम्पस सचिव दिनेश चौधरी,लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष मदन पौडेल,पवित्रा भुषाल,प्रविन गौतम,विनोद घिमिरे,सुशान्त पोख्रेल,माधव आचार्य,विजय पाण्डेको उपस्थिति रहेको कार्यक्रममा कायक्रम सरोज घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया