

इस्मा गाउँपालिकामा सार्वजनिक विदा




ई–साझाकुरा, मंसिर १४
गुल्मीको इस्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा भएको जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको शोकमा आज सार्बजनिक बिदा दिइएको हो ।
गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा दिन निर्देशन दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत नारायण महतले जानकारी दिए । कक्षा १२ को परीक्षा भने यथावत रुपमा सञ्चालन गर्न भनिएको छ ।
इस्मा गाउँपालिकाबाट जिल्ला सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका–४ को हुल भन्ने स्थानमा दुर्घटना हँुदा ६ जनाको मृत्यु् भएको थियो । दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा र १९ वर्षका फर्सुराम थापाको मृत्यु भएको थियो ।
दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल छन् । गाउँपालिकाले दुर्घटनामा घाइतेहरुको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।


खबर सबै
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग






प्रतिक्रिया