जनचेतना बनगाईमा पञ्चवर्षिय विद्यालय सुधार योजना गोष्ठी

मंसिर १२ कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाई स्थित जनेचतना आधारभूत विद्यालयले अगामी पाँच वर्ष भित्र विद्यालयको शैक्षिक गुणस्तरलाई नयाँ उचाईमा पुराउने उद्धेश्य सहित नयाँ योजना तय गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सँगै विद्यालय विकासका लागि पञ्चवर्षीय विद्यायल सुधार योजना तयार गर्दै शुक्रबार विभिन्न सरोकारवाला पक्षका विचमा कार्यशाला गोष्ठि गरीएको विद्यालयका शिक्षक देवेन्द्र थापाले जानकारी दिनुभयो । आगामी पाँच वर्ष भित्र आधारभूत तहबाट माध्यमिक तह सम्म कक्षा सन्चालन गर्ने, देशभर बढ्दो महिला हिंसा अन्त्यका लागि बालिकामैत्री विद्यालय बनाउने, पूर्ण बालमैत्री तथा अपाङ्गमैत्री विद्यालय निर्माणको योजना समेत सो योजनामा समावेश गरीएको छ ।


गोष्ठीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा व्यवस्थापन समितिका पदाधिकरी, शिक्षक अभिभवक संघका पदाधिकारी, नगरपालिकाका स्रोत व्यक्ति कविराज भण्डारी, विभिन्न शिक्षा सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक शम्भुराम खनाल र शिक्षक देवेन्द्र थापाको सहजिकरणमा सम्पन्न भएको थियो ।
वाणगंगा नगरपालिका भित्र आधारभूत तहमा फरक पहिचान स्थापित गरको जनचेतना आधारभूत विद्यालयले थप व्यवस्थित र नयाँ आयामबाट शिक्षाको रुपान्त्रण गर्न खोजेको पनि जनाएको छ ।

प्रतिक्रिया

खबर सबै