चिन्नीलालले डिजेल बिक्रीको अनुमति लिएर पेट्रोल पनि बिक्री गरेको तथा एक पेट्रोल पम्पले अर्को पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने नियम विपरीत आदिशक्तिले चिन्नीलाललाई बेचेको पाइएकाले दुवै पेट्रा्ेल पम्पलाई पेट्रोलियम पदार्थ बिक्री नियमावली २०७५को दफा २९ अनुसार इन्धन बिक्री गर्न नपाउने गरी सिल गरिएको निगमले जनाएको छ ।
अनुगमनका क्रममा आदिशक्तिले ४ हजार ५ सय ९ लिटर पेट्रोल चिन्नीलाललाई बिक्री गरेको प्रमाण फेला परेपछि कारबाही गरिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक डिपो भलबारी रुपन्देहीका प्रमुख प्रलयंकर आचार्यले बताए ।
केही समय अगाडि भैरहवाको एक पेट्रोल पम्प र नेपाल आयल निगम भलबारी डिपोमै इन्धन खन्याउँदै गरेका ट्यांकरमा आगलागी भएपछि निगमको केन्द्रीय कार्यालयका उपप्रबन्धक इन्जिनियर प्रमेश पुडासैनीको नेतृत्वमा एक टोली लुम्बिनी प्रदेशका पेट्रोल पम्पहरुको अनुगमनमा आएको हो।







,कपिलवस्तु । नियम विपरीत काम गरेका कपिलवस्तुका दुईवटा पेट्रोल पम्पलाई नेपाल आयल निगमले सिल गरेको छ । तौलिहवास्थित चिन्नीलाल कान्दु पेट्रोल पम्प र डंगरीस्थित आदि शक्ति माता आयल सप्लायर्स बिहीबार सिल गरिएको हो ।










प्रतिक्रिया