

कपिलवस्तुमा ६७ हजार बढी बालवालिका भिटामिन ए कार्यक्रममा सहभागि हुँदै




मंसिर १२, कपिलवस्तु ।
देशभरिका बालबालिकालाई बिहिबार र शुक्रबार गरी दुई दिन भिटामिन ‘ए’ निःशुल्क खुवाउन सुरु गरिएको छ । ६ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम देशभर सुरु भएको हो ।
गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताए । यसअघि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।
मुलुकका ७५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो । यता कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेका ११ वटै वडामा भिटामिन ए कार्यक्रम आज देखि सुरु भएको छ । नगरपालिकाभर ६ हजार ५ सय १५ बालवालिकाहरु यसपटक सो कार्यक्रममा सहभागि हुदैँछन् ।
यस्तै कपिलवस्तु जिल्लामा ६७ हजार ९ सय २० जना वालवालिकाहरुलाई भिटामिन ए कार्यक्रममा सहभागित गराउन लागिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
जिल्लाको बुद्धभुमि नगरपालकामा ७ हजार ४सय १७, शिवराजमा ८हजार २ सय ४०, कृष्णनगरमा ७ हजार ७ सय ८२, कपिलवस्तु नगरपालिकामा ८ हजार ७ सय १७ र महाराजगञ्ज नगरपालिकामा ७ हजार ७८ जना बालवालिकाले भिटामिन ए र जुकाको औषधि खाँदै छन् । त्यस्तै विजयनगर गाउँपालिकामा ४७९३, मायादेवी गाउँपालिकामा ६३१६,यशोधरामा ४९९४ र शुद्धोधन ६०६८ वालवालिका सहभागि हुन लागेका छन् । यो कार्यक्रमका लागि जिल्लाभर ११ हजार ४ जना स्वास्थ्यकर्मी र स्वयमसेविका परिचालित भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाइन्छ । करीब ५२ हजार स्वयंसेविका यो कार्यक्रममा संलग्न छन् । देशभरबाट जुकाको औषधि २४ लाख ८ हजार ३३० बालबालिकालाई खुवाउन थालिएको हो । सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६÷६७ देखि बालभिटा खुवाउन थालिएको हो ।
यस्तै आज र भोलि नै बालभिटा लागू भएका ४६ जिल्लामा पनि क्याप्सुल खुवाईउको छ । रक्तअल्पता हुनबाट जोगाउनका लागि बालभिटा खुवाउने गरिन्छ । हरेक वर्ष सरकारले निःशुल्करूपमा भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत जुकाको औषधि र बालभिटा खुवाउँदै आएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया