

त्रिशुलीमा खस्यो भ्यान , भ्यानमा सवार ४ मध्ये एकजना पौडी खेलेर निस्किए


मंसिर ११, ई–साझाकुरा
त्रिशुली नदिमा आज बिहान एउटा भ्यान खसेको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी नाग्दी खोला भन्ने स्थानबाट पिकअप भ्यान आज बिहान करिव ५:३० बजे त्रिशुली नदिमा खसेको हो । भ्यान संगै भ्यानमा सवार तिनजना बेपत्ता भएका छन्।
प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गईरहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

भ्यानमा सवार चार जना मध्ये एकजना पौडी खेलेर निस्किएका छन् । प्युठान जिल्ला निवासी बर्ष ३८ को मुकुन्द बहादुर रोक्का नदीबाट पौडी खेली बाहिर निस्किएको प्रहरीले जनाएको छ । उनीसंगै भ्यानमा सवार उनको श्रीमति , छोरी र भ्यानको चालक बेपत्ता भएका छन् ।
प्युठान जिल्ला झिम्रुक गाउँपालिका १ बस्ने भ्यान चालक बर्ष २३ को सुर्य के।सी, सोही स्थान निवासी बर्ष ३३ की जमुना रोक्का र बर्ष १५ की जिनिसा रोक्का बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । बेपत्ताहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया