
वाणगंगामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

मंसीर १० कपिलवस्तु
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि कपिलवस्तुको वाणगंगामा औपचारिक सुरु गरिएको छ ।
अन्र्तराष्ट्रिय लैङिगक दिवसको अवसरमा वाणगंगा नगरपालिकाले आज देखि आगामी २५ गतेसम्म “लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति समाज र सबैको ऐक्यवद्धता″ भन्ने राष्ट्रिय नारा सहित जितपुर चोकमा दिप प्रज्वलन गरी अभियान सुरु गरेको हो ।

मंसिर ९ गते बसेको बैठकको निणर्यअनुसार लैङ्गिक हिंसा निवारण कोष खडा गर्ने नगरपालकाले जनाएको छ । त्यस्तै १६ दिने अभियानलाई सफल पार्न विभिन्न कार्यक्रमहरु तय गरेको महिला तथा बालबालिका शाखाले जानकारी दिएको छ । १६ दिनसम्म नगरपालिकाले विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी अभियान संचालन गर्ने तयारी पनि गरेको छ ।
अभियानको पहिलो दिन नगर प्रमुख मंगलप्रसाद थारुले वाणगंगा नगरपालिकालाई लैङिगक हिंसा न्यूनीकरण गर्नका लागि जनचेतानमूलक कार्यक्रम संचालन गर्ने र विभिन्न समुदायलाई सचेत बनाइने बताए । उनले महिला तथा बालबालिका माथि हुने विभिन्न हिंसालाई कम गर्नका लागि नगरपालिका प्रतबद्ध रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले विभिन्न प्रकारका हिंसाहरुलाई न्यूनिकरण गर्न एक व्यक्तिले मात्रै नसक्ने हुँदा यसको लागि समाज र राष्ट्रले विशेष पहल गर्नुपर्ने बताए । यस्तै नगरपालकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले हरेक क्षेत्रबाट लैंगिक हिंसाको अन्त्य गर्न पहल गर्नुपर्ने बताए ।
नगर उपप्रमुख चक्रपाणी अर्यालको अध्यक्षता रहेको कार्यक्रममा नगरप्रमुख मंगलप्रसाद थारुको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष गणेशबहादुर क्षेत्री, वडा नं ५का वडा अधयक्ष तथा सामाजिक विकास समितिका सभापति भिष्मराज भुसाल लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम वडा नं १ का वडा अध्यक्ष तथा महिला तथा बालबालिका समिति संयोजक बालकुमारी पन्त अधिकारीको स्वागत तथा महिला तथा बालबालिका शाखा प्रमुख शुसिला पन्थको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया