पछिल्लो २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना पुष्टि

मंसिर १० काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै २८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
सो अवधिमा ९,२१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार नाघेको छ। लयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप ३,१४० जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल दुई लाख ७,९९८ निको भएको सरकारी तथ्याङ्क छ। हाल मुलुकभर सक्रिय सङ्क्रमितको संख्या १६,६३९ रहेका छ ।

प्रतिक्रिया

खबर सबै