
कक्षा १२ को पहिलो दिनको परीक्षा सकियो ,कोरोना सुरक्षा पूर्ण पालना

भगवती न्यौपाने,मंसिर ९ कपिलवस्तु

मंगलवार देखि सुरु भएको कक्षा १२ को परीक्षा आज पहिलो दिन सकिएको छ । करिब ७ महिना ढिला गरी आजदेखि सुरु भएको परीक्षा कोरोना माहामारीका कारण सर्तकताका साथ संचालन भएको छ । गत वैशाखमै तय गरिएको परीक्षा कोभिड १९ अर्था कोरोना भाईरस महामारीका कारण ढिला गरी आजदेखि सुरु भएको हो ।

यसपटक सैद्धान्तिकतर्फ प्रत्येक विषयको कुल पूर्णाङ्कको ४० प्रतिशतमात्रै लिखित परीक्षा लिइएको छ । आगामी मंसिर १६ गते परीक्षा सकिनेछ । परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको संक्षिप्त परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा लिने गरी राष्ट्रिय परीक्षा बोर्डको निर्देशन अनुसार परीक्षा संचालन गरिएको हो । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परिक्षा भएता पनि वाणगंगा नगरपालिकामा सुरक्षाका सम्पुर्ण मापदण्ड उपायहरु अपनाएको बताउनु भयो । अनुगमनको क्रममा वाणगंगा मावि लौगाईमा उहाँले यस्तो बताउनु भएका हो । वाणगंगा नगरपालिकामा १२ वटा सामुदायिक र ५ निजि गरी १७ वटा विद्यालयमा परिक्षा सञ्चालन भएको भट्टराईले जानकारी दिनुभयो । परीक्षा अवधिभर नै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए–नभएको अनुगमन गरीने पनि उहाँले बताउनु भएको छ । अनुगमनमा स्रोत व्यक्ति कविराज भण्डारीको पनि सहभागिता रहेको थियो ।
बाणगंगा माविका प्र.अ. कुलराज पौडेलले एउटा डेक्समा १ जना विद्यार्थी राखेको बताउदै विद्यार्थीले विद्यालय प्रवेश गराउनु पुर्व सामाजिक दुरि कायम गर्दै, माक्स, सेनिटाइजर,अनिवार्य प्रयोग गरेको बताउनु भयो । आज पहिलो दिन अंग्रेजि विषयको परिक्षामा १५ वटा कोठामा २१० विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया