

जनज्योती मावि मोतिपुरमा ९ वटा कम्प्युटर र ल्याप्टप चोरी



मंसिर ७ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकामा पछिल्लो समय चोरीका घटना तिव्र गतिमा भईरहेका छन् तर चोरीगर्ने गिरोह भने प्रहरीको नजरमा पर्न सकेको छैन । केही दिन अघि रेडियो वाणगंगाको निर्माणाधिन भवनबाट २ थान झ्याल चोरी भएका थिए भने सोही दिन वाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित जन ज्योति मा.विबाट ९ थान कम्प्युटर सहितका अन्य उपचकरण चोरी भएको खुलेको छ ।
विद्यालयको कार्यालय भित्र राखिएका नयाँ सेट ९ थान कम्प्युटर सेट चोरी भएको छ भने एक थान ल्पाप्टप सहितका उपकरण समेत चोरी भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भण्डारीले बताउनुभयो । प्रयोगमै ल्याउन नपाउँदै ९ थान डक्स्टब कम्प्युटर चोरी भएको भण्डारीले जानकारी दिनुभएको छ । विद्यालयको कार्यालयको ढोका तोडेर सो सामान चोरी भएका हुन । प्रधानाध्यापक भण्डारीका अनुसार विद्यलयका कम्प्युटर सहितका विभिन्न उपकरण गरी करिब रु. २ लाख बराबरका सामान चोरी भएका छन् ।
यता घटनाका विषयमा अनुसन्धान भईरहेको र गस्तिटोली बढाइएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । चोरीको घटना अन्य अपराध जस्तो अनुसन्धानमा सहज नभएका कारण चोरीका घटना बढि हुने गरको र अनुसन्धानमा पनि समय लाग्ने गरको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ्ले बताउनुभयो ।
प्रहरीको सक्रियता बढेको दावी भईरहे पनि वाणगंगा नगरपालिका वडा नम्बर ७ मा पछिल्लो केही महिनामै एक दर्जन बढी चोरीका घटना भएका छन् । तर चोरी गर्ने समुह भने अज्ञात रहदैँ आएको छ । जसका कारण प्रहरी सक्रियता कमजोर देखिएको छ भने चोरी गर्ने गिरोह सक्रिय बनिरहेको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया