

भिरबाट लडेर प्यूठानमा एक युवकको मृत्यु


मंसिर ६ प्यूठान ।
प्यूठानमा भिरबाट लडेर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ । प्यूठान नगरपालिका वडा नं ६ झुलेनी घुमेर फर्कने क्रममा प्यूठान नगरपालिका वडा नं ४ स्थित रक्तेपोखरी भिरबाट लडेर प्यूठान नगरपालिका वडा नं २ क्वाडीका २० वर्षिय युवक राहुल घर्तीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ । ६ जना युवकको समुह झुलेनी पुगेको र फर्कने क्रममा पिसाब फेर्न पछाडी बसेका राहुल भिरबाट लडेको ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताउनुभयो । राहुलको शव एक सय ५० मिटर तल भेटिएको थियो । राहुलको शवलाई प्रारम्भिक काम पछि पोष्टमार्टमका लागि प्यूठान अस्पताल विजुवार ल्याउने तयारी भएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया