

कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी


मंसिर ६ कपिलवस्तु
कपिलवस्तुमा कोभिड १९ का थप २८ संक्रमितहरु एकैपटक थपिएका छन् । केही साता यता संक्रमण दर सामान्य स्थितिमा रहेता पनि एकैपटक जिल्लाका विभिन्न स्थानिय तहमा २८ जना थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो ।
आज थपिएका मध्ये सबैभन्दा बढी जिल्लाको शिवराज नगरपालिकामा २२ जना रहेका छन् । त्यस्तै बुद्धभुमि नगरपालिकामा ३ जना वाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा एक एक जना नयाँ संक्रमितहरु भेटिएको घिमिरेले जानकारी दिनुभयो ।
आज थपिएका सँगै कपिलवस्तुमा कोराना संक्रमण हुने कुल संख्या १ हजार ८ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका सक्रिय संक्रमितहरुको संख्या ९४ रहेको छ । अहिले सम्म कपिलवस्तुका कोरोना संक्रमित १७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तो छ कपिलवस्तुको कोरोना तथ्याङ्कमा :



खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया