

फोटो खिच्नुभयो ? अब ब्याकग्राउन्ड हटाउनुहोस सजिलो सँग



मंसिर ६,काठमाडौं ।
जब तपाईं कुनै फोटो लिनुहुन्छ । तब ब्याकग्राउन्डमा केही अनावश्यक कुराहरु देखिन्छन् । वास्तवमा यस्तो ब्याकग्राउन्डले तपाईंको फोटोको सुन्दरता बिगारिरहेको हुन्छ । तर जोकोहीका लागि ब्याकग्राउन्ड हटाउने काम सजिलो नहुन सक्छ ।
धेरैले फोटोशपमा गएर निकै लामो प्रक्रिया अपनाएर फोटोको ब्याकग्राउण्ड हटाउँछन् । तर आज हामीले तपाईंका लागि एउटा यस्तो वेबसाइटको कुरा गरिरहेका छौं, जसले तपाईंको फोटोको ब्याकग्राउण्डलाई थोरै समयमा सजिलै हटाइदिन सक्छ ।
रिमुभ डट बीजी एकदमै सजिलो वेबसाइट हो । यसमा गएर तपाईंले आफ्नो तस्वीर अपलोड गरी ब्याकग्राउन्ड हटाउन सक्नुहुन्छ । यसको प्रक्रिया पनि एकदमै सजिलो छ । सबैभन्दा पहिले माथि भएको वेबसाइटको लिङ्कमा क्लिक गरेर त्यहाँभित्र पस्नुहोस् । अब त्यहाँ आफूले चाहेको इमेज अपलोड गर्नुहोस् । अब एकछिन कुर्नुहोस् । तपाईंले अपलोड गरेको फोटोको पृष्ठभूमि हराइसकेको छ । त्यसलाई तपाईले एचडी र सामान्य कपी दुई विकल्पमा डाउनलोड गर्न सक्नुहुन्छ ।
साथै ब्याकग्राउन्ड हटिसकेपछि तपाईंले तस्वीरको माथिल्लो दायाँतिर रहेको इडिट अप्सनमा फोटोमा नयाँ ब्थयाकग्राउन्ड थप्न सक्नुहुन्छ । यो निस्शुल्क र सशुल्क दुवै भर्सनमा पाउन सकिन्छ । तर यसको सशुल्क भर्सनमा भने अझ धेरै फिचर पाउन सकिन्छ ।
-टेकपानाबाट


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया