

शौचालय भित्र कोरोना संक्रमितको मृत्यु



मंसिर ४ बुटवल ।
रुपन्देहीको तिलोत्तमाका एक जना कोरोना संक्रमितको भैरहवास्थित भीम अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलेको छ । कोरोना संक्रमणपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो ।
कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वास प्रश्वासमा समस्या भएपछि २९ गते भिम अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको कात्तिक ३० गते विहान मृत्यु भएको थियो । संक्रमितलाई भर्ना भएकै राति प्लाज्मा थेरापी र रेम्डिसिभिर समेत चलाइएको थियो ।
उनलाई आईसीयूूमा सार्ने तयारी समेत भएको थियो । मृतकका आफन्तले मृत्यु भएको चार दिनपछि अस्पतालको लापरवाहीले विरामीको ज्यान गएको आरोप लगाएका छन् । अस्पतालका चिकित्सक डा। आरिस हुसेनले भने लापरवाही नभएको दावी गरे । ढोका लगाएर शौच गर्दा अक्सिजनको मात्रा कम भएर विरामीको ज्यान गएको डा। हुसेनले बताए ।
‘अस्पतालको सहयोगीले शौचालय लैजान खोजेपनि विरामीले एक्लै जान्छु भन्नुभएको रहेछ’ उनले भने, ‘शौचालयको ढोकाको चुक्कल नलगाई हावा छिर्ने ठाउँ थोरै राखेको भए ज्यान नजान सक्थ्यो ।’
डा। हुसेनले अस्पताललाई बद्नाम गर्ने र संक्रमितको उपचारमा दिन रात खट्ने स्वास्थ्यकर्मीको मनोबल गिराउने उद्देश्यले पनि लापरवाहीको आरोप लगाउने गरिएको बताए ।
अस्पतालमा रातिमा ड्युटी गर्ने नर्सको अभाव भने रहेको उनले बताए । संक्रमित विरामीले बिहान ३ बजेसम्म परिवारका सदस्यसंंग फेसबुक म्यासेन्जरमा कुरा गर्दै आफ्नो स्वास्थ्य ठिकै रहेको बताएका तर बिहान ७ बजेतिर अस्पतालले बिरामीको मृत्यु भएको जानकारी गराएको मृतकका आफन्त अर्जुन पौडेलले बताए ।
मृतकका आफन्तले संक्रमित बिरामी शौचालयमा झण्डै दुई घण्टा समय बस्दा पनि अस्पतालले थाहा नपाउनु गम्भीर लापरवाही भएको आरोप लगाएका छन् । उनले यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आफूहरुको माग रहेको बताए । तर अस्पतालका डाक्टरले भने बढीमा २० मिनेट शौचालयमा रहेको दावी गरे ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया