

सामसङले ल्यायो मोबाइलमा जस्तै गरी हेर्न मिल्ने टिभी




मंसिर १, ई–साझाकुरा
दक्षिण कोरियाको कञ्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो पहिलो भर्टिकल फोरके एलईडी टिभी सेरो सार्वजनिक गरेको छ । कोरियन भाषामा सेरोको अर्थ भर्टिकल अर्थात ठाडो हुन्छ । यो टिभीको सबैभन्दा महत्वपूर्ण विशेषता नै के छ भने यसलाई एउटा मोबाइल जस्तै घुमाएर समेत हेर्न सकिन्छ । यो टिभीलाई ३६० डिग्रीमा घुमाउन सकिन्छ ।

जसका लागि एउटा विशेष किसिमको स्ट्याण्ड दिइएको छ । सेरो विश्वकै पहिलो मोबाइल अप्टिमाइज्ड टिभी हो, जसको स्क्रिन ९० डिग्री भर्टिकल (ठाडो) देखि होरिजेन्टल (तेर्छो) मोड्न सकिन्छ । टिभीको स्क्रिन घुमाउनका लागि एउटा बटन दिइएको छ । यसको अर्थ सेरो स्मार्ट टिभीमा भर्टिकल तथा होरिजेन्टल मोडमा भिडियोहरु हेर्न सकिन्छ ।
सामसङका अनुसार यो डिजाइन टिभीमा वेब सर्फिङ तथा सोसल मिडिया प्लेटफर्मका लागि पर्फेक्ट छ । भारतीय बजारमा यो टिभीको मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ । यसमा ४.१ च्यानल स्पिकर सिस्टम तथा ६० वाटको साउन्ड आटपुट रहेको छ । यसमा अन्य कयौं स्मार्ट फिचर समेत रहेका छन् । यो टिभीले एक अर्बभन्दा बढी रंग तथा शेडका साथ शत प्रतिशत कलर भ्वालुम डेलिभर गर्नसक्ने कम्पनीको दाबी छ ।
यसलाई मूख्यतः युवा पुस्ताका प्रयोगकर्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो । जसले कन्टेन्टलाई मोबाइलमा जस्तै ठाडो रुपमा हेर्न रुचाउँछन् । ठाडो रुपमा हेर्दा यो टिभी स्मार्टफोन जस्तै प्रतित हुन्छ । यो भर्टिकल टिभीमा फोनमा जस्तै फोटो तथा भिडियो हेर्दाको अनुभव प्राप्त हुन्छ । सेरोले कन्टेन्टलाई फोरके रेजोलुसनमा बदल्नका लागि एआई प्रविधि समेत प्रयोग गर्दछ ।
यो टिभी १० वर्षको ‘नो स्क्रिन बर्न इन’ वारेन्टी, एक सालको वारेन्टी र प्यानलमा थप एक वर्षको वारेन्टीका साथ खरिद गर्न सकिनेछ । यसमा फेसबुक, इन्स्टाग्राम जस्ता सोसल मिडिया साइट गज्जबसँगले देख्न सकिन्छ । यो टिभीमा फोनमा जस्तै कन्टेन्टलाई ठाडो रुपमा स्क्रोलिङ गर्न सकिन्छ । सेरोमा एडप्टिभ पिक्चर, रेस्पोन्सिभ यूआई, ट्याप भ्यू प्रविधि, एक्टिभ भ्वाइस एम्प्लिफायर (एभीए) जस्ता अन्य स्मार्ट फिचर समेत समावेश छन् ।
एजेन्सीको सहयोगमा ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया