

रोहिणीमा आधा मूल्यमै गँहु



कात्तिक २७ भैरहवा ।
रोहिणी गाउँपालिकाले गाउँपालिका अन्र्तगतका किसानहरुका लागी अनुदानमा गँहु बितरण बिहिबार देखी सुरु गरेको छ । बजार मूल्य भन्दा ५० प्रतिशत अनुदानमा गँहु बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गँहु छर्ने मौषम रहेकोले गाउँपालिकाको किसानहरुको सहजताको लागी अनुदानमा बिउ उपलब्ध गराएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनले किसानको लागी सम्बन्धित वडामै बिउ उपलब्ध गराउने गरि गाउँपालिकाले तयारी गरेको बताए । तत्कालको लागी एक वडामा १ सय बोरा गँहुको बिउ उपलब्ध गराईएको उनले बताए । माग अनुसारमा गँहु बजारमा नपाईएको बताउदै उनले गँहु पाईए लगत्तै यो थप बिउ बितरण गर्ने जनाए ।
बजार मूल्य भन्दा आधा मूल्यमै गँहु पाए पछि किसानहरु पनि दंग परेका छन् । बजारमा २ हजार ६ प्रतिबोरा पर्ने बिउ गाउँपालिकाले १ हजार ३ सय रुपैया लिई रहेको छ । १ हजार ३ सयमा आफ्नै गाउँमा बिउ पाए पछि कृषकहरु पनि हर्षित भएका छन् । उनिहरुले बिउ जस्तै मल पनि वडाबाट बितरण हुन सके खेती झन फष्टाउने प्रतिक्रिया दिए ।
पहिलो दिन रोहिणी गाउँपालिका वडा नम्बर २ मा १ सय बोरा बिउ बितरण गरिएको २ नम्बर वडाका वडा अध्यक्ष सरोज कुमार पाण्डेले जनाए । वडामा हुने खेतीको तुलनामा प्राप्त बिउ धेरै थोरै रहेकोले गाउँपालिकालाई थप बिउ उपलब्ध गराउन उनले आग्रह गरिएको बताए ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले चाले आर्थिक बर्षको लागी २० लाख रुपैयाको बिउबिजन खरिद गर्ने योजना रहेको बताए । उनले पनि गाउँपालिकाले मागेको अनुपातमा कृषि सामाग्री कम्पनीले बिउ उपलब्ध गराउन नसक्दा प्रयाप्त बिउ बितरण गर्न नसकेको बताए । आगामी दिनमा यसलाई थप ब्यवस्थित बनाउदै लैजाने समेत उनले प्रतिवद्धता जनाए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया