

कडा नियमसहित फेरि लकडाउन


कात्तिक २१, ई–साझाकुरा
युरोपमा दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन गरिएको छ । इटालीको विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले कडा निययहरु लागू गर्ने भएको छ।
इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।
इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा अहिले कोरोनाका कारण बढिरहेको अत्याधिक चाप कम गर्न लकडाउन आवश्यक रहेको जानकारी गराएका थिए । शुक्रबारदेखि सुरु हुने लकडाउन दुई हप्ताको लागि हुने छ। संक्रमणको संख्या कम हुँदै गएमा लकडाउन हटाउन पनि सकिने प्रधानमन्त्री कन्तेले जानकारी गराएका थिए।
लकडाउनका लागि जारी गरिएका नियम भने इटालीमा पहिलोपटक मार्च महिना लकडाउन हुदाको जस्तै छन्। रेड जोन घोषणा गरिएका प्रदेशहरूमा मानिसहरुलाई बाहिरबाट आउन र आफू बसेको ठाउँ छोडेर निस्कन बन्देज लगाइएको छ।
स्वास्थ समस्या, कामको लागि आवश्यकता परेको खण्डमा अनुमति दिइएको भए पनि सेल्फ प्रमाणीकरणको सर्टिफिकेट अनिवार्य गरिएको छ। यो प्रमाणपत्रविना बाहिर निस्कन पाइने छैन।
लकडाउनको बेला खानपिनका लागि सामान खरिद गर्न शपिङ सेन्टर भने खुल्ला नै रहने छन् । पार्लर खोल्न पनि अनुमति दिइएको छ।
संक्रमणको संख्या अत्यधिक बढेसगै इटालीका धेरै सहरहरुमा अस्पतालमा बिमारी राख्ने ठाँउको अभाव पनि भएको छ। इटालीयन सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा बिरामी राख्ने ठाँउ अभावका कारण एम्बुलेन्सहरु लामो समयसम्म बाहिरै कुर्न बाध्य भएको बताइएको छ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया