

उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता



कार्तिक १८,ई–साझाकुरा
नेपाल उद्योग वाणिज्य महासघंको आगामी निर्वाचनको लागि किशोर प्रधान समूहले उम्मेदवारी दर्ता गरेको छ।
सोमबार बिहान उम्मेदवारी घोषणा गरेको प्रधान समूहले दिउँसो दर्ता गरेको हो।
वरिष्ठ उपाध्यक्षमा प्रधान, जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा शौरभ ज्योती लगायत अन्य उम्मेदवारीहरुले प्रत्यक्ष र अनलाइनमार्फत उमेदवारी दर्ता गराएका हुन्। 
सबै जनाको आजै उम्मेदवारी दर्ता गरिने एसोसिएट सदस्य उमेदवार कृष्ण प्रसाद दुलालले जानकारी दिए।
‘एसोसिएट, वस्तुगत र जिल्ला सबैको उमेदवारी दर्ता आजै गर्ने हो। लगभग सबैको भइसक्यो, केहीको हुँदै छ,’ उनले भने।
‘पहिले–पहिले पनि अरु पदाधिकारीले अध्यक्षलाई असहयोग गर्दा महासघंले काम गर्न नसकेको प्रशस्तै उदाहरण छन्। हामी एउटा औंला होइन, मुठ्ठी बनेर काम गर्न चाहन्छौं,’ उनले भने।
२८ वर्षदेखि आफूले महासंघलाई मन्दिर मानेर काम गरेकोले अब भने पुजारी बनेर काम गर्ने प्रधानले बताए। निर्वाचनमा प्रधानलाई गोल्छाले सघाइरहेका छन्।
इतिहासकै कठिन समयमा आफूले महासंघको जिम्मा पाएकोले किशोर प्रधानको प्यानलको सहयोगमा मात्रै देशको अर्थतन्त्र सुधार्न सकिने महासंघका भावी अध्यक्ष शेखर गोल्छाले बताए।
‘महासंघमा सबैभन्दा धेरै योगदान दिएको कोही छ भने त्यो व्यक्ति किशोर प्रधान हो। उहाँको २८ वर्ष लामो अनुभव र उहाँको टिमको सहयोगले म नयाँ ढंगले महासंघलाई अघि बढाउन चाहन्छु,’ उनले भने।
आफ्नो सबैभन्दा पहिलो काम महासघंमा राजनीति हटाउने गोल्छाले बताए।
‘महासंघमा राजनीति भनेको क्यान्सर हो। हामी त्यहाँ राजनीति होइन, काम गर्न जान लागेका हौं,’ उनले भने ‘मैले विभिन्न अर्थ विज्ञहरूसगँ परामर्श गरेर एउटा भिजन बनाएको छु। मेरो कार्यकालमा देशको अर्थतन्त्रलाई अझ बढी बलियो बनाउने मुख्य काम हुनेछ।’
यसअघि वरिष्ठ उपाध्यक्षको लागि अर्का व्यवसायी चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन्। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया