

दिल्लीसँग हारेको बैंगलोर प्लेअफमा


कार्तिक १८,ई–साझाकुरा
इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बैंगलोरले दिएको १५३ रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

दिल्लीका लागि आजिख्य रहानेले सर्बाधिक ६० रन बनाए भने शिखर धवनले ५४ रन बनाए। बैंगलोरका बलर शबाज अहमदले २ विकेट लिए भने मोहमद सिराज र वाशिंटन सुन्दरले एक एक विकेट लिए।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको थियो। बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ५० रन बनाए भने एबी डिभीलियर्सले ३५, कप्तान विराट कोहलीले २९, शिभम दुबेले १७, जोश फिलिपले १२ रन बनाए। दिल्लीका बलर एनरीच नोर्त्जेले ३ विकेट लिए भने कागीसो रबाडाले २ तथा रविचन्द्र आश्विनले एक विकेट लिए।
जीतसँगै दिल्ली क्यापिटल १६ अंकसहित प्लेअफमा पुगेको छ। अब दिल्ली दोस्रो स्थानमा रहदै मुम्बई इण्डियनविरुद्ध पहिलो क्वालिफायर खेल्ने भएको छ। त्यस्तै बैंगलोरले खेल हारेपनि प्लेअफमा पुगेको छ। कोलकोता नाइट राइडर्सको भन्दा रनरेट राम्रो भएका कारण बैंगलोरले प्लेअफको यात्रा सुरक्षित गरेको हो।
प्रतियोगिता अन्तरगत आज मुम्बई र हैदरावादबीच खेल हुने छ यो खेलमा हैदरावाद विजयी भएमा हैदरावाद प्लेअफ खेल्ने छ भने कोलकोता आउट हुने छ। त्यस्तै मुम्बई विजयी भएमा कोलकोता प्लेअफ खेल्ने छ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया