

श्रीमान–श्रीमतीको ५ मिनेटको अन्तरमा मृत्यु



कार्तिक १७, ई–साझाकुरा
धनुषामा एक बृद्व दम्पतिको एकै दिन मृत्यु भएको छ । जिल्लाको शहीद नगरपालिका–१ निवासी रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान मृत्यु भएको हो । रामखेलाबन ९१ बर्षका थिए भने उनकी पत्नी ८८ बर्षकी थिइन् ।
मृतकका छोरा उपेन्द्रका अनुसार रामखेलाबनको मृत्यु भएको ५ मिनेटपछि उनकी पत्नीको पनि मृत्यु भएको हो ।
बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबन नित्यकर्म गरी बसिरहँदा एक्कासी उनको मृत्यु भएको थियो । त्यतिबेला घरभित्र रहेकी उनकी पत्नीले यो जानकारी पाएलगत्तै उनको पनि मृत्यु भयो ।
एक छोरा र चार छोरीका आमा–बुवा एकैपटक मृत्यु भएपछि स्थानीयले त्रेतायुगमा श्रवणकुमारका माता पिताले एकैपटक मृत्युवरण गरेको घटनालाई सम्झेका छन् ।
एकै दिन मृत्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया