
तेस्रो मुलुक सहित भारत बाट आयात अखाद्य वस्तु नेपाल भित्रिने क्रम बढ्दो

मुलुकको १२ वटा मुख्य भन्सार नाकामा आयात–निर्यातको गुणस्तर प्रमाणीकरण हुन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापनका लागि एक सय २५ वटा खाद्य पदार्थको न्यूनतम मापदण्ड तोकेको छ ।तर, उपकरण र कर्मचारीको अभावका कारणले भन्सार विन्दुमा राखिएका गुणस्तर नापजाँच कार्यालयहरुले सामान्य लेबलिङ र प्याकेजिङ हेरेर मात्रै गुणस्तर प्रमाणित गर्छन् । तर गर्नुपर्ने माइक्रोबायोलोजी प्यारामिटरको जाँच नहुँदा अखाद्य पदार्थ नेपाल भित्रिरहेका छन् ।
भारतलगायत तेस्रो मुलुकबाट खाद्य पदार्थ आयात गर्दा सुरुमा सरकारको अनुमति पत्र आवश्यक पर्दछ । आयात गर्ने खाद्यवस्तुको खाद्य आयात–निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयले हरेक नमूनाको गुणस्तर परीक्षण गरेर स्वस्थकर पाइएपछि मात्रै भन्सार पास हुने व्यवस्था गरिएको छ ।तर लेबलिङ र प्याकेजिङ हेरेर मात्रै गुणस्तर प्रमाणित गर्दा चालु आर्थिक वर्षको साउन यता बेलहिया नाकाबाट आयात गरिएका सात वटा मसलाजन्य पदार्थ, धान र चामल अस्वस्थकर प्रमाणित भएका छन् १७ मेट्रिक टन मसालजन्य पदार्थ, १३ मेट्रिक टन धान र २० मेट्रिक टन चामल अखाद्य भेटिएको छ । आयात गरिएको खाद्यपदार्थ भन्सार कार्यालय परिसरमा भित्रिएपछि भन्सारले प्रत्येक खाद्यपदार्थको नमूना निकाली शील गरेर परीक्षणका लागि गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाउँछ ।
गुणस्तर कार्यालयले अन्न प्रशोधन गरि बनाएका परिकारमा कुल घुलनशील ठोस र एसिडिटीमात्रा, रोगकिरा, खाद्यवस्तुको लेबल, ग्रेडिङनुसार जलास्म, रिफ्याक्टिभ इन्डेक्स, तेलहनमा एसिडको मान र अपवर्तनी सूचकांक हेर्छ ।तर यो बाहेक खाद्य पदार्थमा प्रयोग भएको बिषादी, रासायनिक पदार्थ र माइक्रो बायोलोजिकल प्यारामिटरहरु भने परीक्षण गरिँदैन । जसले गर्दा नवलपरासी र रुपन्देहीका नाकाबाट आयात गरिने खाद्य पदार्थ घातक विषादी परीक्षण बिनै नेपाल भित्रिने गरेका छन् ।
प्रशोधित खाद्यवस्तु आयात गर्दा वस्तुको नाम, ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति, तौल, खाद्युवस्तुमा केके मिसाएर बनाएको हो, त्यसको नाम र परिणाम, उद्योगको नाम र ठेगाना प्रस्ट देखिने गरि लेखिएको हुनुपर्छ ।खाद्य नियमावली २०२७ को दफा १८ ले पनि प्याकिङ गरिएका कुनै पनि खाद्यवस्तुको लेबल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर, भारतमा आयात गरिने कतिपय खाद्यपदार्थमा लेबल कायम गरिएको पाइँदैन । जसले अखाद्य वस्तु नेपाल भित्रिने क्रम बढ्दो छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया