

पुष्पकमल दाहालले भने प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव राख्नु



कार्तिक १६, ई–साझाकुरा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले यस्को खुलासा गर्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले अब अलग अलग भएर जानु पर्ने प्रस्ताव राख्नु भएको बताउनु भएको छ ।

आइतबार आफ्नो निवास खुमलटारमा सचिवालयका सदस्यहरुलाई बोलाएर उहाँले प्रधानमन्त्री ओलीको प्रस्ताव बारे जानकारी दिनुभएको हो ।
शनिबार ११ दिनपछि प्रधानमन्त्री ओलीसंग अध्यक्ष दाहालको भेट प्रधानमन्त्रीको निवास वालुवाटारमा भएको थियो । सो भेटमा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नु भएको थियो । तर ओलीले भने अब पार्टी नै अलग अलग बनाएर लैजानु भलो हुने बताउनु भएको पनि दाहालले खुलासा गर्नु भएको छ ।
आइतबार आफ्नो निवासमा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादु थापालाई बोलाएर दाहालले यो जानकारी दिनु भएको हो ।
छलफलमा सहभागी एक सदस्यका अनुसार छलफलमा प्रधानमन्त्री ओली पक्षले प्रधानमन्त्री पदको माग गरेको भन्ने कुराको खण्डन गर्दै दाहालले आफुले ओलीसमक्ष प्रधानमन्त्री पद नमागेको प्रष्ट पार्नु भएको थियो ।
यता पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आइतबार ट्वीट गर्दै पार्टीमा विभाजनको खतरा बढेको उल्लेख गर्नु भएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया