

भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण खारेज गर्न २१ दलहरुको माग



कात्तिक १९ गतेबाट भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले गर्न लागेको ३ दिने नेपाल भ्रमण खारेज गर्न २१ दलका संगठनले माग गरेका छन् । २१ दलकोे प्रतिनिधित्व गर्दै संगठनको तर्फबाट सीपी गजुरेलले आज एक अपिल जारी गरेका छन् ।

यदी सरकारले नरभानेको नेपाल भ्रमण रद्द नगरे शान्तिपूर्ण बिरोधको कार्यक्रम गर्ने चेतावनी २१ वटै ुंगठनले दिएका छन् । बिरोध कार्यक्रमका लागि सम्पूर्ण देशभक्तहरुलाई सहभागी हुन पनि आह्वान गरिएको छ । यो अवस्थामा सेनाध्यक्ष नरभानेले नेपाल भ्रमण गरे नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप बढ्ने संगठनको ठम्याइ छ ।
नेपाल भारतबीच कालापानीको विवाद समाधानमा चासो नदिई उल्टै भारतका सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिएर सम्मान दिन खोजिनु आपत्तजिनक भएको २१ दलको भनाइ छ । नेपाली भूभागमा कालापानी, लिम्पीयाधुरा र लिपुलेकमा भारतले एकलौटी रुपमा मानसरोबर जानेबाट बनाएर उद्घाटन गरेपछि नेपाल भारतबीच सीमा बिवाद छ ।
यसअघि नेपाल भारत सीमा विवादका विषयमा भारतीय सेनाध्यक्ष नरभानेले दिएको अभिव्यक्ति विवादित बनेको थियो । उनले नेपाल अरुको इसारामा चलेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको भनाइलाई लिएर नेपाल भारत दुवै मुलुकमा व्यापक आलोचना भएको थियो ।
यता नेपाली सेनाले भने नरभानेको नेपाल भ्रमण परम्पराको निरन्तरता भएको स्पष्ट पारेको छ ।


खबर सबै
-
‘ह्वाइट टेम्पल’ झल्किने महोत्सव प्रवेशद्वार, स्तूपाको परिक्रमा गर्दै दर्शकले पाउनेछन् प्रवेश
-
रिडीमा ‘रुरु महास्नान’ को तयारी
-
ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर







प्रतिक्रिया