

चेल्सीको सहज जित



ई–साझाकुरा, कार्तिक १६
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बर्नलीमाथि सहज जित निकालेको छ। टर्फमोरमा भएको खेलमा चेल्सीले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो।

चेल्सीको जितमा हाकिम जिएच, कुर्ट जोउमा र टिमो र वेर्नरले गोल गोल गरे। जिएचले गरेको २६ औं मिनेटको गोलमा चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा म्यासन माउन्टको पासमा जोउमाले गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गोल गर्दा वेर्नरले ७० औं मिनेटमा गोल थपे।
जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले ७ खेलबाट १२ अंक जोडेको छ। उता जारी सिजन ६ खेल खेलेर एउटामा बराबरी र बाँकी खेलमा पराजय भोगेको बर्नली एक अंकसहित तालिकाको पुछारमा छ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया